रुपाताल नजिक मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

पाेखरा | भदौ २, २०८०

रुपाताल नजिक मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

पोखरा:   कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् ।

 

प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।

 

त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्